काठमाडौं । सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता समेत रहेका बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानूनी सल्लाहकार मानिन्छ ।






