२०८३ असार ३ बुधबार १०

इंग्लिस टिमको प्रशिक्षकबाट ग्यारेथ साउथगेटले दिए राजीनामा

काठमाडौं । इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले इंग्लिस टिमको जिम्मेवारी छोडेका छन् ।

इंग्ल्यान्ड फुटबल एसोसियसनले मंगलबार सामाजिक सञ्जालमार्फत साउथगेटले टिमको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेको जनाएको हो ।

“एक गौरवान्वित इंग्लिस मान्छे भएकाले इंग्ल्यान्डको लागि खेल्न पाउनु र प्रशिक्षक बन्न पाउनु मेरो जिवनको सम्मानको कुरा हो । तर, अबको समय परिवर्तन र नयाँ अध्यायको हो । आइतबार बर्लिनमा भएको स्पेनविरुद्धको खेल इंग्लिस टिमको प्रशिक्षकको रुपमा मेरो अन्तिम थियो,” इंग्ल्यान्डको जिम्मेवारी त्यागेपछि साउथगेटले भने ।

यसअघि युरो–२०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा भने साउथगेटले टिमको जिम्मेवारी छोड्न यो उचित समय नभएको बताएका थिए । इंग्ल्यान्ड एफएसँग साउथगेटको सम्झौता आगामी डिसेम्बरसम्मको थियो ।

साउथगेट सन् २०१६ मा इंग्ल्यान्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । इंग्लिस टिमले साउथगेटको प्रशिक्षणमा दुई विश्वकप र दुई युरोपियन च्याम्पिनयसिप खेलिसकेको छ । यसक्रममा इंग्ल्यान्डले युरो–२०२० र २०२४ मा गरी लगातार दुई पटक च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले १०२ अन्तर्राष्ट्रिय खेल खेलेको छ ।

२०८१ श्रावण १, मंगलवार १५:३४ गते 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।