काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारसँग जनताको ठूलो आशा रहेको बताएका छन् । जनताको आशा सम्बोधन हुने गरी काम गर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण र विकास निर्माणमा आफ्नो ध्यान रहेको बताए ।
संकटको समयमा आफू सरकारमा आएको बताउँदै कठिनाइमा परेका जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको काममा सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि बताए।
उनले भने, ‘नेपाली जनतामा जुन विश्वास जागेको छ। आशा, भरोसा जागेको छ, सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस्,’ ।






