काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
गत शुक्रबार नै नेपाली कांग्रेसको समर्थनमा नेपालको संविधानको धारा ७६ (२) अनुसार दाबी पेश गरेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन नै राष्ट्रपति पौडेलले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।






