२०८३ असार ३ बुधबार ११

मुकुलको दाबी–स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छुँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोले आफूलाई कुट्ने धम्की दिएको बताएका छन् ।

केही बेरअघि स्टाटस लेख्दै उनले आफूलाई स्वर्णिमको सचिवालयबाट फोन गरेको तर, नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको बताएका छन् ।

उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ ‘ लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

२०८१ असार ३०, आईतवार १२:३० गते 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।