२०८३ असार ३ बुधबार १३

प्रधानमन्त्रीमा प्रचण्डले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मत अस्वीकृत भएको छ । यो सँगै प्रधानमन्त्री प्रचण्ड आजैबाट पदमुक्त भएका छन् ।

प्रधानमन्त्रीको प्रचण्डको पक्षमा जम्मा ६३ मत परेको छ । प्रतिनिधि सभामा रहेका २ सय ७५ सदस्य मध्ये बहुमत पाउन १ सय ३८ मत आवश्यक पर्छ । तर उनको विपक्षमा भने १ सय ९४ मत परेको छ । यो सँगै प्रधानमन्त्री प्रचण्डले पाँचौ पटकमा विश्वासको मत नपाए पछि उनको सरकार ढलेको छ ।

पहिलो पटक २०७९ पुष २६ गते २ सय ६८ मतका साथ सानदार मत पाएर विश्वास प्राप्त गरेका प्रचण्डले पाँचौ पटक भने ६३ मतमा खुम्चिनु पर्यो ।

प्रचण्डलाई उनकै दल माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएका हुन् ।

२०८१ असार २८, शुक्रबार १७:१८ गते 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।