काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषण सुन्दा उनी आत्मविश्वास गुमाएका नेता जस्तो देखिएको बताएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय ओहोदामा भएको मान्छेले बोल्ने भाषा यस्तो हुँदैन उनले भने, हुन सक्छ अब प्रचण्ड फेरि अब प्रधानमन्त्री बन्छु भन्ने विश्वास नभएरै यसो बोल्नु भएको होला ।
प्रधानमन्त्रीले आफु अफ्ठेरोमा परे पछि दलित जनजाति सम्झेको भन्दै यति दिन सम्म उनीहरुको याद किन गरेको भनी भट्टराईले प्रश्न गरे । प्रधानमन्त्रीले सरकार छोड्नु परेको हतासाले यसो भनेको उनको भनाई थियो । कांग्रेस र एमालेको सहमती कुनै षड्यन्त्रका लागि नभएर संविधान र व्यवस्थालाई अझ व्यवस्थित र समृद्ध गर्नका लागि गरिएको उनको भनाई छ ।
वर्तमान सरकारप्रति राष्ट्रिय अन्तराष्ट्रिय समुदायले विश्वास नगरेकाले पनि बलियो सरकार बनाउन एमाले र कांग्रेस नै चाहिएको उनको भनाइ थियो ।






