प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिले विश्वासको मत लिदै छन् । अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री भएदेखि उनले लिन लागेको यो पाँचौपटको विश्वासको मत हो । यसअघिको सत्ताको मुख्य घटक नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सहमती गरे पछि प्रचण्ड सरकार अल्पमत परेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले लोसपा, नागरिक उन्मुक्ति लगायतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।२ सय ७५ संसद सदस्यमा प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १ सय ३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।






