काठमाडौं । भारी वर्षाका कारण चितवनमा दुई यात्रुबाहक बस पहिरोमा परी बेपत्ता भएका छन् । विरगञ्जबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बसमा पहिरो खसी त्रिसुली नदीमा बेपत्ता भएको छ । त्यसैगरी काठमाडौंबाट रौतहट जाँदै गरेको अर्को यात्रुबाहक बस सोही पहिरोमा परी त्रिसुली नदीमै बेपत्ता भएका छन् । दुवै बसको खोजी जारी छ । पहिरो निकै नै ठूलो भएकाले राजमार्ग अवरुद्ध छ । कास्कीमा पहिरोमा परी एकै घरमा कास्कीमा पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको । त्यसैगरी सोही महानगरको ३२ मादी ११ मा बेपत्ता भएका अन्य दुई जनाको मृत्य भएको छ । यसैगरी पोखरा ३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको मृत्यु भएको छ ।






