२०८३ असार ३ बुधबार १३

ओलीले ढाँटेको माओवादी संसदीय दलमा प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यया केपी ओलीले ढाँटेको बताएका छन् । बुधबार संसदीय दलको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् ।

प्रचण्डले केपी ओलीसँग ३ घण्टा बसेर छलफल गर्दा सकारात्मक भएको भएपनि गोप्यरुपमा नेपाली कांग्रेससँग सहमती गरेको उनको भनाइ थियो । संसदीय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि अन्य दलसँग पनि कुरा गर्ने बैठकले निर्णय गरेको छ । एमाले र कांग्रेसबीच सहमपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका हुन् ।

एमाले लगायत अन्य केही साना दलले सरकार समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने तयारी प्रचण्ड छन् । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

सरकार बनेपछि उनले यो पाँचौ पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रतिनिधिसभाले जे जस्तो परिणाम दिन्छ, त्यस अनुसार संविधानको रक्षाको लागि अघि बढ्ने माओवादीले जनाएको छ ।

२०८१ असार २६, बुधबार १६:३१ गते 0 Minutes 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।