काठमाडौं । रास्वपाका मुकुल ढकालले रवि लामिछानेले पार्टी कब्जा गरेको बताएका छ् । आफू अहिले पनि उक्त पार्टीको महामन्त्री नै रहेको दाबी गर्दै उनेले रवि लामिछानेले पार्टी कब्जा गरेको आरोप लगाएका हुन् । पार्र्टीले साधरण सदस्य मात्र रहने गरी कारवाही गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै मुकुल ढकालले यस्तो बताएका हुन् । पार्टीले सभापति रविविरुद्ध छानबिन समिति बनाउनुपर्ने पनि उनले माग गरेका छन् । सहकारी र पासपोर्टको सवालमा तत्काल छानबिन समिति बनाउनुपर्ने उनको माग छ । पत्रकार सम्मेलनमा उनले भने, ‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्यो ।’ आफूले चाहे अहिले पनि महामन्त्रीको कुर्सीमा बस्न सक्ने भएकाले आफू नै महामन्त्री भएको उनको दाबी थियो । पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन, मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’






