काठमाडौं । रास्वपाले निलम्वित महामन्त्रीलाई कारवाही गरेको छ । उनी अब एक साधारण सदस्य मात्र रहने छन् । उनको महामन्त्री पद खोसिएको ।
अनुशासन आयोगले साधरण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरे पनि आज बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीबाट हटाउने र साधरण सदस्य मात्र रहने गरी कारवाही गरेको हो ।
यो कारवाहीसँगै ढकालको पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद समेत गुमेको छ ।
पछिल्लो पटक उनले समीक्षा यात्राबाट तयार पारेको राजनीतिक प्रतिवेदन, सार्वजनिक अभिव्यक्ति र गत बुधबारको केन्द्रीय समिति बैठकमा उनको प्रस्तुती लगायतले उनीमाथि कारवाहीको अवस्था आएको पार्टीले जनाएको छ ।






