प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका मन्त्रीहरूको राजिनामा स्वीकृत गरेका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते प्रधानमन्त्रीलाई राजिनामा बुझाएको थियो । जसपाका मन्त्रीहरुले सम्हालेका मन्त्रालय अब प्रधानमन्त्री प्रचण्डले नै हेर्नेछन्।
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।
गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत सहमति भएको थियो। लगत्तै एमालेले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन भनेको थियो। तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकार छाडेको थियो। अल्पमतमा परेका प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।






