काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सयुक्त बनेपछि त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । संघमा यसअघि नै सरकार छाडिसकेके एमालेले प्रदेशहरुमा पनि छाड्दै गएको छ । बागमतीमा एमालेका तर्फबाट मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई राजिनामा बुझाउदै सरकारबा बाहिरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौडा पुगेर समर्थन फिर्ता लिँदै संयुक्त राजीनामा बुझाएका हुन्।
एमालेको समर्थन फिर्तासँगै माओवादी नेतृत्वको बागमती प्रदेश सरकार अल्पतमा परेको छ । आफू अल्पमतमा परे पनि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।






