काठमाडौं । राप्रपाले नयाँ शक्तिका रुपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पनि पुरानै पार्टी जस्ता सत्तालोलुप भएको आरोप लगाएका छन् ।
जनताले नयाँ बाट काम हुने आशाले भोट दिएको भए पनि रास्वपाका नेताहरु सत्ताको लोभमा परेको बताए ।

रास्वपाका तर्फबाट गृहमन्त्री बनेका रवि लामिछानेले फाइल खोल्ने धम्की मात्रै दिएको बताए ।
संसदमा बोल्दै शाहीले लामिछानेले सरकारमा नहुँदा गरेका कुरा र अहिलेका काममा कुनै तादत्म्यता नरहेको बताए ।
निर्मला हत्याकाण्ड छानबिन नभएको, जिबी राई पक्राउ गर्न नसकेको प्रति शाहीले लामिछानेको आलोचना गरे । काम नगर्ने बरु उल्टै फाइल खोल्ने मात्रै धम्की दिएको उनको आरोप थियो ।
काम गर्ने इच्छाशक्ति हो भने अझै सात दिन बाँकी छ, फाइल खोल्नुस हामी साथ दिन्छौ उनले भने ।
जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने भएकाले संविधान शंसोधन गर्न एमाले कांग्रेसलाई उनले सुझाव दिए ।






