काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेको समर्थन गुमाएर अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन् ।
एमालेको समर्थन फिर्तासँगै प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले प्रचण्डले असार २८ गतेका दिनलाई विश्वासको मत लिने तयारी गरेका हुन् ।
नेपाली कांग्रेससँग मिलेर राष्ट्रिय सहमतीको सरकार बनाउने भन्दै एमालेले सहमती गरेपछि प्रधानमन्त्रीलाई यसअघि दिएको समर्थन उसले फिर्ता गरेको थियो ।
एमालेले समर्थन फिर्ता लिएसँगै उसका मन्त्रीहरुले यसअघि नै प्रधानमन्त्रीलाई राजिनामा बुझाएर बाहिरिसकेका छन् ।







