२०८३ असार ५ शुक्रबार १४

रास्वपामा हलचल ल्याउने मुकुलको प्रतिवेदनः रवि लामिछानेमाथि प्रश्नैप्रश्न

काठमाडौं । रास्वपाका महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । बिहीबार इमेलमार्फत वितरण गरेको ढकालको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्नै प्रश्न छन् । ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज केहि दिन पहलिा पार्ट सभापति लामिछानेलाई बुझाएका थिए । त्यहि प्रतिवेदन सार्वजनिक गरिएको हो ।

बिहीबार प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।

उनले रुपचन्द्र विष्टका ‘थाहा’ विचारपन्थी लाइनहरु विभिन्न ठाउँमा उल्लेख गर्दै पार्टीभित्र किन ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरुको बर्चस्व बढ्यो भनी प्रश्न गरेका छन् ।

उनले सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।

चेसमा रानी धेरै नचले पनि रवि लामिछाने एकदमै धेरै चलेको प्रतिवेदनमा उल्लेख छ । ‘जीबी राई समातिँदैनन् भने प्रतिपक्षी हुँदै किन म्याद नै तोकेर समात्ने कुरा गरेको,’ ‘सिधा कुरा कार्यक्रममा बोलेका कुरा सभापतिले बिर्सनुभएको होला तर जनताले सम्झिरहेका छन् ।’

उनले रवि लामिछानेको ब्लु बसदेखि रोजगारी सिर्जना गर्ने बाचा किन अधुरो रह्यो भनी सोधेका छन् ।

ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर सुझाव आएको पनि उल्लेख छ । उनले कांग्रेस र एमालेका नेताविशेषबारे पनि त्यसमा उल्लेख गरेका छन् ।

२०८१ असार २१, शुक्रबार १०:१० गते 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।