२०८३ असार ५ शुक्रबार १४

बाढी पहिरो पीडितलाई चार लाख राहत दिएपछि चिरिबाबुलाई अख्तियारको पत्र

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई हाजिर हुन पत्र काटेको छ । बाढी पीडितलाई एकलौटीरुपमा चार लाख रुपैयाँ दिएको उजुरी परेपछि अख्तियारले हाजिर हुन पत्र काटेको हो ।

महानगरले हिजो मात्रै आयोगका आयुक्त डाक्टर सुमित्रा अमात्यले सार्वजनिक जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काएको थियो ।

आयोगले महानगर प्रमुख महर्जनले बाढी पीडितलाई सहयोग दिएको, महानगरमा प्रेस सल्लाहकार–संयोजक नियुक्ति र एसइईमा बढी नम्बर ल्याउने विद्यालयलाई पुरस्कृत गरेको विषयमा बयान लिन खोजेको बताएको छ ।

२०८१ असार २०, बिहीबार १३:४० गते 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।