२०८३ आश्विन १ बिहीबार ०२

एमालेले लियो सरकारको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पनि राजिनामा दिएका छन् । एमालेबाट सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाएका हुन् ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने एमालेले जनाएको छ । नेपाली कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

२०८१ असार १९, बुधबार १८:५९ गते 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।