२०८३ असार ५ शुक्रबार १४

स्लोभेनियाविरुद्धको खेलपछि रोनाल्डोले भने– ‘मैले दुःखद र सुखद दुवै अनुभव एकै पटक गरे’

काठमाडौं । युरो–२०२४ अन्तर्गत स्लोभेनियाविरुद्ध पेनाल्टीमा गोल गर्न असफल बनेपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भावुक प्रतिकृया दिएका छन् ।

प्रतियोगितामा सोमबार राति भएको खेलमा पोर्चुगलले स्लोभेनियाविरुद्ध पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको थियो । खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएर अतिरिक्त समयमा पुग्दा पोर्चुगलले १०५औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टीका लागि आएका रोनाल्डोको प्रहार स्लोभेनियाका गोलकिपर जान ओब्लाकले रोकेपछि रोनाल्डो भावुक बनेका थिए । खेल अतिरिक्त समयमा पनि गोलरहित बनेर पेनाल्टीमा पुग्दा रोनाल्डो रोइरहेको दृष्य अहिले चर्चामा छ ।

तर, खेलपछि रोनाल्डोले स्लोभेनियाविरुद्ध आफू दुःखी र खुशी एकसाथ बनेको समेत बताए ।

“सबैभन्दा बलियो मान्छेको पनि सबैभन्दा कठिन दिन हुन्छ । म टिमलाई सबैभन्दा धेरै आवश्यक पर्दा अन्तिममा थिए,” रोनाल्डोले भने, “सुरु दुःखद हुनु भनेको अन्य सुखद हुनु हो । यो नै फुटबल हो । मैले दुःखद र सुखद दुवै अनुभव एकै पटक गरे । तर, टिमले राम्रो गर्यो । हामी अन्तिमसम्म लडिरह्र्यौँ । मलाई लाग्छ आज हामी जितका लागि योग्य थियौँ ।”

प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि पोर्चुगलले अब फ्रान्ससँग खेल्ने भएको छ ।

२०८१ असार १८, मंगलवार २०:२१ गते 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।