२०८३ भाद्र ३१ बुधबार २३

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका थापालाई न्यायाधीश सकुन्तला कार्कीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

तीन दिन चलेको बयान र थुनछेक बहसपछि कार्कीको इजलाशले थापालाई थुनामा पठाउने आदेश दिएको हो । प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

यसअघि पक्राउ परेका बिचौलियाहरूले प्रतीकलाई करोडौँ रकम बुझाएको बयान दिएका थिए ।

२०८१ असार १८, मंगलवार २१:२१ गते 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।