२०८३ असार ५ शुक्रबार १४

कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति

काठमाडौंं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेबीच सहमति भएको हो । सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने छ ।

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।

सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस र एमाले नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने जाने भएका छन् ।

ओली र देउवाले सहमतिमा आज राती नै हस्ताक्षर गर्ने सम्भावना रहेको छ ।

ती नेताका अनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्। त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सम्भावना छ।

२०८१ असार १८, मंगलवार ०८:४४ गते 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।