२०८३ असार १ सोमबार २१

नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका २०८१ असार १६ गतेबाट पूर्ण खोप सुनिश्चित नगर घोषणा भएकाे छ । आइतबार पूर्ण खोप सुनिश्चितता घोषणा सभाका अध्यक्षता गरेका नगर प्रमुख कुन्साङ लामाले नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चत नगरपालिका घोषणा गरेका थिए । उक्त कार्यक्रममा उप प्रमुख रत्न लामा, वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरू, जिल्ला खोप समन्वय समिति, काभ्रेका खोप अधिकृत, कर्मचारीहरू लगायतका उपस्थिति रहेको नगर स्वस्थ्य शाखा प्रमुख सुनिल केसीले बताए ।

उक्त घोषणा कार्यक्रममा प्रमुख कुन्साङ लामाले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए । साथै कार्यक्रममा उपस्थित  उप प्रमुख रत्न लामा, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयहरुले समेत प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता कार्यमा नगरले सधै साथ दिने बताए । हामीले नगरको सबै जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निरन्तर  काम गरिरहेकोले आगामी दिनहरूमा बालवालिकाहरु खोप पाउनबाट बन्चित नहुने उनले बताए ।


नगर उप प्रमुख रत्न लामाले नमोबुद्ध नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता तथा निरन्तरताको लागि नगरपालिकाबाट साथ सहयोग हुने बताए । साथै आगामी दिनमा कुनैपनि अवस्था वा परिस्थितिमा पनि नगरको कुनैपनि बालबालिकाहरु कुनैपनि खोप लिनबाट बञ्चित नहुने लामाले बताए ।

जिल्ला खोप समन्वय समिति, काभ्रेका खोप अधिकृत पर्थमणी न्यौपानेले राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम नमोबुद्ध नगरपालिकाले सम्पूर्ण प्रकृया पूरा गरी १६ महिना देखी ५९ महिना सम्मका बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पूर्ण खोप दिलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको बताए । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको अथक मिहिनेत र उर्जाको कारण छोटो समयमा पनि पूर्णखोप नगर घोषणा गर्न सफल भएको बताए ।

नगर स्वास्थ्य शाखा सह संयोजक कर्मा लामाले राष्ट्रिय रुपमा रहेका खोप कार्यक्रमलाई सुनिश्चिता घोषणा गर्न घरधुरी सर्वेक्षण, बालवालिकाहरुको तथ्याङ्क संकलन, जन्मदर लगायत नियमनको कामहरु दिनरात खटेर सम्पन्न गर्नाले पूर्णखोप नगर घोषणा गर्न सफल भएको लामाले बताए । उक्त कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष कान्त पौडेलले सञ्चालन गरेका थिए ।

२०८१ असार १६, आईतवार २३:२० गते 0 Minutes 402 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।