२०८३ आश्विन १ बिहीबार ००

माओवादी र एकीकृत समाजवादी पार्टी एकताको प्रयासमा छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताएका छन् । समाजवादीको महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले पार्टी एउटै बनाउने चाहना रहेको बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेदेखि नै माधव नेपाल समूहसँग सँगै रहेको स्मरण गर्दै उनले भने, ‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’
आफू पार्टी एकताको पक्षमा लागेको भए पनि समाजवादीको दस्ताबेजमा प्रचण्डलाई अस्थिर भनेको प्रति भने उनको असन्तुष्टी थियो । । सम्बोधन कै क्रममा आफू नेतृत्वको सरकारले सुरुदेखि नै भ्रष्टाचार विरोधी काम गरिरहेको दाबी गरे ।

२०८१ असार १६, आईतवार १६:४५ गते 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।