२०८३ असार ५ शुक्रबार ०५

रास्वपा अनुशासन आयोगले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

 

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो ।

शुक्रबार उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । तर, ढकालले आफूलाई पार्टी सभापतिले स्पष्टीकरण नसोधेको बताए ।

महामन्त्री ढकालले आफूलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नपाउने बताए । अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने उनले बताए । ३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।

पार्टीको हितविपरीत महामन्त्री ढकाल मिडियाबाजी गर्दै हिँडेको भन्दै प्रस्टीकरण सोधिएको बुझिएको छ ।

२०८१ असार १५, शनिबार १५:३३ गते 1 Minute 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।