काठमाडौं ।
सांसद प्रभु साहले नेपाली सेनाका बारेमा सार्वजनकि समाचारप्रति प्रश्न उठाएका छन् । नेपालको गौरवपूर्ण इतिहास बोकेको तर अहिले अनेक विवादास्पद प्रंसगमा नेपाली सेना जोडिएको भन्दै
आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहेका साहले प्रश्न उठाएका हुन् । उनले शुत्रबारको संसद बैठकमा रथी अशोकराज सिग्देलको उमेर विवादमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ समेत माग गरेका छन् । नेपाली सेनाको छवि निष्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि अहिले सार्वजनिक समाचारका कारणले सेनाप्रति गर्व गर्न नसकिने बताए । सांसद साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निष्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ ।’
‘विवादित कुराहरू बाहिर आइराख्दा रक्षामन्त्रीको जवाफ चाहिने भन्दै उनले भने, ‘यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन ।’ ‘सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? नेपाली सेनाको इमेजमाथि जसरी प्रश्न उठिरहेको छ, नेपालीहरुको इमेजको प्रश्न हो । सेनाहरुको मनोबलको प्रश्न हो । यसरी विषयहरु आइदिने सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’






