२०८३ असार ५ शुक्रबार ०५

अफगानिस्तानविरुद्ध सहज जित निकाल्दै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेका छ ।

बिहीबार टारोउबामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा रिजा हेन्ड्रिक्स र कप्तान आइदेन मार्करमले अविजित क्रमशः २९ र २३ रन थपे । ओपनर क्विन्टन डी कक भने पाँच रनमा पभेलियन फर्किएका थिए ।

अफगानिस्तानका लागि एकमात्र विकेट फजलहक फारुकीले लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले ५७ रनको सामान्य लक्ष्य पाएको थियो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

अफगानिस्तानलाई झिनो योगफलमा रोक्न दक्षिण अफ्रिकाका मार्को जान्सेन र तबरेज साम्सीले समान तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्ट्जेको नाममा समान दुई विकेट रह्यो ।

दक्षिण अफ्रिकाले अब विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ । प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेता र अफगानिस्तान भने समूह–१ को उपविजेताको रुपमा सेमिफाइनल आएका थिए ।

२०८१ असार १३, बिहीबार १३:१९ गते 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।