२०८३ असार ५ शुक्रबार ०५

प्राकृतिक विपदमा परी २४ घण्टामा १४ को मृत्यु

काठमाडौं । पछिल्लो दिनभरमा बाढीपहिरो र चट्यागंका कारण १४ जनाको मृत्यु भएको छ । प्राकृतिक विपदमा परी २४ घण्टामा १४ जनाको ज्यान गएको हो ।
देशका विभिन्न स्थानमा पहिरोबाट ८ जनाको, चट्याङबाट ५ जना र बाढीबाट १ जना गरेर १४ जनाको मृत्यु भएको हो । लमजुङको क्व्होलासोथार गाउँपालिका ३ बगुममा पहिरो जादाँ ६७ वर्षका एक पुरुष, ३६ वर्षका एक महिला, र अन्य दुई जना बालिकाको मृत्यु भएको छ ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ थुम्की स्थित एक गोठ पहिरोले पुरिदा ३५ वर्षकी एक महिलाको मृत्यु भएको छ त्यसैगरी लमजुङको दोर्दी गाउँपालिका ९ धैरेनी स्थित एक घरमाथि पहिरो आएर घरभित्र सुतिरहेको अवस्थामा पहिरोले पुरिएर १८ वर्षका एक पुरुष घाईते भएकोमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।
यसैगरी कास्कीको मादी गाउँपालिका ५ चितेपानी घुम्ती स्थित एक घरको पछाडी पट्टीको माटोको ढिस्को खस्दा घरको पछाडी पट्टीको भाग पुरिदाँ कोठामा सुतेका १३ वर्षका बालिका मृत अवस्थामा फेला परेका छन् भने कास्कीकै पोखरा महानगरपालिका २७ आरुपाटा स्थित एक घरमा अविरल वर्षाका कारण माथिबाट ढिस्को खस्दा घरमा सुतिरहेका ३ वर्षका एक बालको मृत्यु भएको छ ।
झापाको गौरीगंज गाउँपालिका ८ का ४२ वर्षका एक पुरुषको खेतबारीमा धानको बिउ उखेल्ने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ भने झापाकै कमला गाउँपालिका २ समाईगढ बस्ने ४६ वर्षका एक पुरुष आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङ लागेर घाइते भएकोमा उपचारका लागि आम्दा अस्पताल लगिएकोमा मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका ४ मानपुर बस्ने ३० वर्षका एक पुरुष खेतमा आली काट्दै गर्दा वर्षासँगै परेको चट्याङ लागेर घाईते भएर उपचारका लागि बिराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको छ भने रोल्पाको सुनछहारी गाउँपालिका ३ बाहिरी गाम दाङजा बस्ने २२ वर्षका एक महिला १४ वर्षको नन्दसँगै सुतिरहेको अवस्थामा चट्याङ लागेर २ जनाकै मृत्यु भएको छ ।

२०८१ असार १२, बुधबार २०:११ गते 0 Minutes 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।