२०८३ असार ५ शुक्रबार ०३

इंग्ल्यान्ड, डेनमार्क र स्लोभेनिया अन्तिम–१६ मा

समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिए पनि इंग्ल्यान्ड समूह विजेता बन्दै युरो–२०२४ को अन्तिम–१६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा स्लोभेनियाले ग्यारेथ साउथगेटको टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । तीन खेलबाट पाँच अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । यो समूहबाट डेनमार्क पनि दोस्रो स्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको छ ।

मंगलबार राति नै भएको खेलमा डेनमार्क पनि सर्वियासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो स्थानको डेनमार्कले तीन खेलबाट तीन अंक जोडेको छ । समान खेलबाट तीन अंक नै जोडेको स्लोभेनियाले पनि प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ । पुछारको सर्विया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सर्वियाले तीन खेलबाट दुई अंक जोडेको छ ।

२०८१ असार १२, बुधबार १५:४४ गते 0 Minutes 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।