२०८३ असार ५ शुक्रबार ०३

क्रिकेटमा डकवर्थ लेविस स्टेर्नका सह–आविष्कारक फ्रांक डकवर्थको निधन

काठमाडौं । क्रिकेटमा प्रयोग हुने डकवर्थ लेविस स्टेर्न (डीएलएस) पद्दतिको सह–आविष्कारक फ्रांक डकवर्थको निधन भएको छ । डकवर्थको ८४ वर्षको उमेरमा निधन भएको हो ।

मौसमका कारण क्रिकेट खेल प्रभावित बन्दा हाल यसै पद्दतिको प्रयोग गरी नतिजाको निर्णय हुँदै आएको छ । उनी सन् २०१४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को तथ्यांकविद सल्लाहकारको रुपमा कार्यरत थिए । खेलमा उनको सर्मपणको कदर गर्दै सन् २०१० मा ‘मेम्बर अफ दी अर्डर अफ द ब्रिटिस एम्पाएर’ (एमबीई) बाट सम्मानसमेत गरिएको थियो ।

“फ्रांक उच्चस्तरीय तथ्यांकशास्त्री थिए, जसलाई उनका सहकर्मी र विशाल क्रिकेट जगतले नै सम्मान गर्थे,” आईसीसीअन्तर्गत क्रिकेट सञ्चालनका जनरल म्यानेजर वसिम खानले एक विज्ञप्तिमा बताए, “क्रिकेटमा फ्रांकको योगदान असाधारण छ र उनको निधनले विश्व क्रिकेटलाई नै दुखी बनाएको छ ।”

२०८१ असार १२, बुधबार १५:४२ गते 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।