२०८३ बैशाख १६ बुधबार ११

युवा कमेडियन आदर्श मिश्रालाई पितृवियोग

युवा कमेडियन आदर्श मिश्रालाई पितृवियोग परेको छ ।

पिता विनोद मिश्रालाई हार्दिक श्रद्धाञ्जली
साथै शोक सन्तप्त परिवारप्रती गहिरो समवेदना।

कमेडि च्याम्पियनमा निकै राम्रो प्रस्तुती दिएका आदर्श मिश्रा चर्चित कमेडियन हुन् ।जितपुरस्थित नगौल निम्न माध्यमिक विद्यालयका प्रिन्सिपल समेत रहेका उनको बुवा विनोद मिश्रा लामो समय देखि मिग्रौलाको रोगी थिए ।मिश्राले आफ्नो बुवालाई अस्पताल भर्ना गराएपछि अस्पताको अवस्थाका बारेमा बारम्बार घचघच्याएका थिए । उनले अस्पताल मा राम्रो उपचार हुन नसकेको र बुवाको स्वास्थ्य अवस्था विग्रदै गएको बारेमा बारम्बार सामाजिक सञ्जालमा लेखिरहे । सहयोग को आग्रह गरे । तर उनले वुवालाई बचाउन सकेनन् । उनी उपचारार्थ रहेकै बेला निधन भएको हो ।

आदर्शकी आमा भारतीयमूलकी हुन, जो पति प्रिन्सिपल भएकै स्कुलमा पढाउँछिन। दुई वर्षअघि आदर्श बुबासहित मिर्गौला प्रत्यारोपणबारे बुझ्न काठमाडौ महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए। त्यतिबेला भारतमा रहेकी आदर्शकी सानिमा मिर्गौला दिन तयार भएकी थिइन।

विडम्बना टिचिङ अस्पताल तयार भइदिएन। आदर्शका अनुसार उल्टै हप्काएर पठाइएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । ‘तिमीहरू कहाँ बिहे गर्छौ, त्यो हामीलाई मतलब भएन। नेपालमै बिहे गरेको भए ‘प्रत्यारोपण’ हुन्थ्यो। यस्तोमा मा जोसुकै आफन्त भए पनि हामीलाई मतलब हुन्न।’ भनेर अस्पतालले जवाफ दिएको उनले बताएका थिए ।

त्यही दिन हो, बुवाले अस्पतालबाहिर निस्किएपछि आदर्शलाई निराश हुँदै भनेका थिए– ‘छोरा, यो देश मेरो होइन रहेछ।’ अनि, त्यही दिन हो बुबाका रसाएका आँखा देखेर आदर्शलाई पनि मनमनै लागेको ‘हो, यो देश मेरो हो की होइन ? उपचार गर्न नपाएरै आदर्श मिश्रको बुबाको निधन भएको भन्दै अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

२०७८ जेष्ठ ११, मंगलवार ०९:०१ गते 0 Minutes 775 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार