नमोबुद्ध ।
नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकबाट नगर उपप्रमुख रत्न बहादुर लामाले आ.व. २०८१/०८२ को लागि ७७ करोड १० लाखको बजेट प्रस्तुत गरेको छ । “कृषि, पर्यटन र व्यापार; समृद्ध नमोबुद्धको आधार” भन्ने मूल नारालाई अवलम्बन गरेको नमोबुद्ध नगरपालिकाले कृषि, रोजगार, पर्यटन, वातावरण संरक्षण, आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय रोजगारमूलक शिक्षा लगायतका उदेश्य सहित अघि बढेको छ ।
सभाको अध्यक्षता गरेका नगर प्रमुख कुनसाङ लामाले गत असार ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आ.व. २०८०/०८१ को वित्तीय प्रगती प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेका थिए । सार्वजनिक लेखा समितिका संयोजक तथा वडा नं ११ का वडाअध्यक्ष कृष्ण बहादुर तामाङले आ.व. २०८०/०८१ को लागि आर्थिक विधेयक, २०८१ प्रस्तुत गरेका थिए । त्यस्तै विधायन समितिका संयोजक तथा वडा नं. ६ का वडाअध्यक्ष टिका बहादुर के.सी.ले आ.व. २०८०/०८१ को लागि विनियोजन ऐन, २०८१ प्रस्तुत गरेका थिए ।
न्यायिक समितिको प्रतिवेदन समेत प्रस्तुत गरेका उपप्रमुखले नगरपालिकाको आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गरे । उपप्रमुख लामाले आगामी आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमका प्राथमितामा निम्न विषयलाई समेटेका छन् ।
- कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि वृद्धि गर्ने,
- गुणस्तरीय रोजगारमूलक शिक्षा तथा आधारभूत स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने,
- समतामूलक विकास र सामाजिक समावेशीतामा जोड दिने,
- वातावरण संरक्षण गर्दै विकास र वातावरण बीच सन्तुलन कायम गर्ने,
- विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने,
- व्यवसायिक कृषि, पर्यटन पूर्वाधार तथा प्रवर्द्धन, औद्योगिक विकास, निजी क्षेत्र प्रवर्द्धन, मानव पुंजी विकास तथा सुशासन योजनाको अग्रिम क्षेत्रको रुपमा प्राथमिकतामा राखिने,
- शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन,
- गुणस्तरीय खानेपानी सेवाको विस्तार,
- वातावरणमैत्री उद्योग,
- प्रविधिमैत्री विद्यालय निर्माण,
- संस्थागत क्षमतामा वृद्धि तथा सेवा प्रवाहमा प्रभावकारीता,
- गुणस्तरीय सार्वजनिक सेवामा नागरिकको सहज पहुँच, भष्ट्राचार उन्मुलन र सुशासन अभिवृद्धि,
बजेटको पूर्णपाठ






