२०८३ असार ५ शुक्रबार ०३

दक्षिण अफ्रिका सेमिफाइनलमा, दुई पटकको च्याम्पियन वेस्ट इन्डिज बाहिरियो

काठमाडौं । सह–आयोजकसमेत रहेको वेस्ट इन्डिजविरुद्ध डकवर्थ लेविस पद्दति ९डीएलएस० अनुसार विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सोमबार नर्थ साउन्डमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।

१३६ रनको लक्ष्यसहित मैदान उत्रिए पनि दक्षिण अफ्रिकाले वर्षाका कारण खेल प्रभावित बन्दा १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल बाँकी छँदै सात विकेट गुमाएर पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा ट्रिस्टान स्टुब्सले २९ रन बनाए । हेनरिक क्लासेनले २२, मार्को जान्सेनले २१, कप्तान आइदेन मार्करमले १८ र क्विन्टन डी ककले १२ रन थपे ।

वेस्ट इन्डिजका रोस्टन चेजले तीन विकेट लिए । अल्जारी जोसेफ र आन्द्रे रसेलको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि वेस्ट इन्डिजका रोस्टन चेजले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५२ रन प्रहार गरे । ओपनर काइल मयेर्सले ३५, आन्द्रे रसेलले १५ र अल्जारी जोसेफले ११ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका तबरेज शाम्सीले तीन विकेट लिए । मार्को जान्सेन, आइदेन मार्करम, केशव महारेज र कगिसो रबाडाले समान एक विकेट लिए ।

जितसँगै सुपर–८ को समूह–२ बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा हालसम्म अपराजित दक्षिण अफ्रिकाले सुपर–८ का तीन खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट दुई अंक जोडेको वेस्ट इन्डिजको भने विश्वकप यात्रा टुंगिएको छ । वेस्ट इन्डिजले यसअघि सन् २०१२ र २०१६ मा ट्वान्टी–२० विश्वकप जितेको थियो ।

२०८१ असार १०, सोमबार १३:२१ गते 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।