काठमाडौं । नेपाली कांग्रेसले पक्राउ गर्नुपर्ने मान्छेलाई उल्टै गृहमन्त्रीले भगाएको आरोप लगाएको छ ।
आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जीबी राई मलेसियामा रहेको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति गृहमन्त्रीले दिइसकेपछि पनि उनलाई नेपाल नल्याइएकोमा आपत्ति जनाए ।
सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्नुको साटो लोकेशन पत्ता लागेको भन्न अभिव्यक्ति मिडियामा दिएको भन्दै गृहमन्त्रीले भगाउन सहयोग गरेको उनको आंशका थियो ।
लोकेशन पत्ता लाग्यो भन्नुहुन्छ पक्राउ गर्नुहुन्न, अब के रातो कार्पेट बिच्छयाएर वार्ता गर्न खोजेको हो, महामन्त्री शर्माको प्रश्न थियो ।
उनले गोरखा मिडिया नेट्वर्कका तत्कालीन मालिकमध्ये एकजना गृहमन्त्रीले र अर्का मालिक जीबी राइलाई गृहमन्त्रीले नै भगाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
गृहमन्त्री मिडियामा स्टन्ट गर्ने झुट बोल्ने भएकाले उनले संसदको रोष्टम प्रयोग गर्नु दुरभाग्य भएको बताए ।






