श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङ र भरतपुर महानगरकी प्रमुख रेणु दाहादको उपस्थितिमा आज चितवनको भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको छ।

श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।








