२०८३ असार २ मंगलवार ०४

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको ‘लाइभ ल डटइन’ले लेखेको छ ।

मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय ९इडी० ले केजरिवाललाई १२ मार्चमा पक्राउ गरेको थियो ।

भारतको लोक सभा चुनावलाई लक्षित गरेर अदालतले यसअघि १० मेमा उनलाई अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । त्यसअनुसार २१ दिन जेलबाहिर रहेर उनी चुनावपछि फेरि तिहाड जेल फर्किएका थिए ।

चुनावअघि भएको गिरफ्तारीलाई लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि प्रश्नसमेत उठेको थियो । विपक्षी दलहरूले उनलाई नियतवश थुनिएको आरोप लगाएका थिए ।

२०८१ असार ७, शुक्रबार १३:१० गते 0 Minutes 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।