२०८३ असार ५ शुक्रबार ०३

सत्ता गठबन्धनमा राजदूतको भागवण्डा, एमाले ८, रास्वपा २ र माओवादी १ जना

काठमाडौं । सत्ता गठबन्धनका तीन प्रमुख दलले राजदूतको भागवण्डा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेबीचको भएको छलफलले ११ देशको राजदूतमा भागवण्डा गरेको हो ।

बालुवाटार स्रोतका अनुसार हाल खाली रहेका ११ मध्ये एमालेले आठ, रास्वपाले दुई र मा‌ओवादी केन्द्रले एक राजदूत पाउने सहमति भएको छ ।

२४ जेठमा बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र भाग पाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार भोलि नै केही राजदूत नियुक्त हुने सम्भावना छ । कुन देशको राजदूत कसले पाउने भन्ने कुरामा भने सहमति भइसकेको छैन । स्रोतका अनुसार रास्वपाले भारत र अमेरिकामध्ये एक राजदूत आफूलाई दिन माग गरेको छ । तर त्यसमा प्रचण्ड र ओली तयार भएका छैनन् ।

२०८१ असार ७, शुक्रबार १६:०९ गते 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।