२०८३ असार ५ शुक्रबार ०३

सञ्चार माध्यमलाई तटस्थ र विश्वसनीय बनाउन प्रेस काउन्सिलको पुनसंरचना आवश्यक

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएकी छिन् । पत्रकारितालाई मर्यादित बनाउन सरकार लागि परेको उनको भनाई छ । प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि विद्यमान ऐन कानूनमा समसामयिक संशोधन तथा नयाँ
तर्जुमा गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिइन् ।

सञ्चार माध्यमलाई तटस्थ र विश्वसनीय बनाउनका लागि प्रेस काउन्सिललाई पुनरसंरचना गर्न मिडिया काउन्सिल विधेयक
र सार्वजनिक सेवा विधेयक संसदमा छलफलमा रहेको मन्त्री शर्माको भनाइ थियो । राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमाको अन्तिम चरण रहेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माले साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको पनि उनले बताइन् ।

२०८१ असार ६, बिहीबार १८:२० गते 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।