२०८३ असार ५ शुक्रबार ०३

सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गरिसकेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सहकारी पीडितका समस्या सम्बोधन गर्न सरकार गम्भीर भएको बताएका छन् । हालसम्म सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसकेको पनि उनले बताए । प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले यस्तो जानकारी गराएका हुन् ।

समस्या समाधान गर्नकै लागि गत बर्ष राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा उच्चस्तरीय सुझाव कार्यदल गठन गरेर सुझावको आधारमा सहकारीको पीडितहरुसँग भएको सहमति कार्यान्वयन गर्न विभिन्न प्रयासहरु भइरहेको पनि उनले बताए ।
‘हालसम्म २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत् बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ । समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व यकिन भएको छ । यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको छ ।’ प्रधानमन्त्री दाहाले भने ।

ठगी कार्यमा संलग्न संस्था, कम्पनी र व्यक्तिहरूलाई कानूनी कारबाही गर्न प्रधानमन्त्रीको प्रतिवद्धता बारे नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रश्न गरेका थिए ।

जवाफमा उनले सरकार सहकारीको समम्या समाधान गर्न अझ गम्भीर भएर अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘त्यस समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) को कार्य अघि बढाउनुपर्ने हुन्छ ।’

 

२०८१ असार ६, बिहीबार १८:०१ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।