२०८३ आश्विन १ बिहीबार ००

जिबी राई रहेको ठाउँ पत्ता लागिसक्यो, नेपाल ल्याउने विषयमा छलफल हुँदै छः गृहमन्त्री लामिछाने

सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । भरतपुर विमानस्थलमा गृहमन्त्रीले मलेसियामा जिबी राई रहेको ठाउँ पत्ता लागिसकेको बताएका हुन्।
गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको जानकारी दिए । राईलाई मलेसियाबाट नेपाल ल्याउने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।

यसैगरी, युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले गोजीमा राजीनामा बोकेर हिँडेको प्रसंगमा गृहमन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको खुलाए। उनले भने, “हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।”

गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक फेर्ने कुरामा पनि कुनै सत्यता नभएको उनको भनाइ थियो

२०८१ असार ६, बिहीबार १६:४३ गते 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।