२०८३ असार ५ शुक्रबार ०२

आफू बोल्दा सांसद र मन्त्रीहरु नआएकोप्रति प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको प्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभामा विहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएकोमा जवाफ दिने क्रममा यस्तो असन्तुष्टी जनाएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्तापक्ष र प्रतिपक्ष पनि सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो। तर, क्रमशः त्यो पातलिन थालेको छ। यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला।

यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ।’
आफै प्रश्न सोध्ने सांसदहरु नै अनुपस्थित हुनु प्रधानमन्त्रीप्रति अविश्वास नभएको हो कि भन्ने अर्थ लाग्ने भन्दै गुनासो गरेका थिए ।

‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंलै आफैंलाई अवमूल्यन गरेको ठहरिने प्रधानमन्त्रीको भनाई थियो ।

२०८१ असार ६, बिहीबार १५:३८ गते 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।