हामीले लिची, आँप जस्ता फलफूलहरु खाँदै आएका छौँ । बजारमा राम्रा राम्रा फलफूलहरु विक्री गर्न राखीएका हुन्छन् । तर फलफूल खेती गर्ने किसानलाई भेटेर सोध्ने हो भने निकै मिहिनेत र परिश्रमका कहानी सुन्न सकिन्छ । वास्तवमा फलफूल खेती पनि सोचे जस्तो सजिलो पेशा होइन । महान कृषकहरुको अथक मिहिनेतको कारण हामीले बजारमा सजिलै फलफूल पाँदछाै । अब हामी चर्चा गरौँ केही समस्या र समाधनका विषयमा

लिची र आँपमा फल फुट्ने कारणहरुः
- फल परिपक्व हुने अवस्थामा उच्च तापक्रम ,तातो हावा ,कम आद्रता हुनु ,सुक्ष्म तत्व( बोरोन वा क्याल्सियम)को कमी, लामो सुक्खा पछिको वर्षा आदि मुख्य कारण हुन् |
समाधानका उपायहरुः
- फल वृद्धिको अवस्थामा माटोको चिस्यान कायम गरिराख्ने |
- बोट वरपरी छापोको व्यवस्था गर्ने |
- सिफारिस मात्रको मलखाद प्रयोग गर्ने |
- तातो हावा बहने दिशातिर बायु अबरोधक बिरुवा लगाउने |
- २ ग्राम बोरेक्स प्रति लिटर पानीमा मिसाएर फल वृद्धि हुने अवस्थामा छर्ने वा जिब्रेलिक एसिड २० पिपिएम स्प्रे गर्न सकिन्छ |
स्रोतः कृषि टुडे






