२०८३ असार ५ शुक्रबार ०२

भारतसँगको सीमामा काँडेतार लगाउन एमाले सांसद रघुजी पन्तको प्रस्ताव

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग सीमामा काँडेतार लाउने प्रस्ताब राखेका छन् । संसद बैठकमा बुधबार बोल्दै उनले सीमा नाकाहरुलाई व्यवस्थित बनाउन काँडेतार लाउने प्रस्ताब राखेका हुन् ।
सीमा खुला भएकै कारण आपराधिक घटना बढेको भन्दै सीमा समस्या समाधानका लागि यो प्रस्ताव राखिएको पनि बताए । काँडेतार लाउदै पासर्पोटको अवधारणामा जानुपर्ने पनि उनको भनाई थियो ।
सांसद पन्तले बोलेको कुरा जस्ताको तस्तैः
केहीदिनदेखि तराईका जिल्लाहरुमा मानिसहरुमाथि गोली हालेको समाचार आइरहेका छन्। यसको मुल कारण खुला सीमाना हो।

त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा नजाऔंला।

तर, अहिले राष्ट्रिय परिचय पत्र र नागरिकता पनि दिन थालिएको छ।
उताबाट आउँदा पनि भारतसँग आधार कार्ड हेर्न सकिन्छ यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ।

विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ। यसका लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतहरु जवाफहरु र आवश्यक सुविधा दिनुपर्छ।

सशस्त्र प्रहरी भएको ठाउँमा मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी बिशेष रुपले परिचालन गर्नुपर्छ।

 

 

२०८१ असार ५, बुधबार १६:४४ गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।