चेक गणतन्त्रविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै पोर्चुगलले युरो–२०२४ मा विजयी सुरुआत गरेको छ ।
मंगलबार राति जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को कोन्सेइकाओले गोल गरे । पोर्चुगलले पहिलो गोल भने चेक गणतन्त्रका खेलाडीबाट आत्मघाति रुपमा पाएको थियो । चेकका लुकास प्रोभोडले गोल गरेका थिए ।
खेलको ६२औँ मिनेटमा प्रोभोडले गोल गर्दै चेकलाई अग्रतामा राखेका थिए । तर, चेकको यो अग्रता लामो समय टिक्न भने सकेन । ६९औँ मिनेटमा चेकका रोबिन रानाकबाट भएको आत्मघाति गोलबाट पोर्चुगल खेलमा फर्किएको थियो ।
यस्तै, इन्जुरी समयमा कोन्सेइकाओले गोल गरेपछि पोर्चुगलले पहिलो खेलमा तीन अंक सुनिश्चित गरेको हो ।
प्रतियोगिताको समूह ‘एफ’ मा पहिलो खेलबाट तीन अंक जोडेको पोर्चुगल तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमै हार बेहोरेको चेक भने तालिकाको तेस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा टर्किया र पुछारमा जर्जिया छन् ।
मंगलबार राति नै भएको समूहको पहिलो खेलमा जर्जियाविरुद्ध ३–१ को जित निकाल्दै टर्किया शीर्ष स्थानमा उक्लिएको हो ।






