२०८३ असार ५ शुक्रबार ०२

रविलाई अर्जुननरसिंह केसीको चुनौति, सक्नुहुन्छ भने लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुस्

नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले वर्तमान गहृमन्त्री रवि लामिछाने आफै भ्रष्टाचारका कारण चर्चामा रहेको बताएका छन् । न्यु

नतम साझा कार्यक्रममा भ्रष्टाचारको छानबिन गर्ने लेखिएपनि बरु उल्टै आफै गृहमन्त्री चाहिँ भ्रष्टाचारको अभियोगमा चर्चित बनेको उनको भनाई थियो ।

साच्चिैकै भ्रष्टाचारको विरोधमा काम गर्न खोजेको भए २०४७ सालदेदि २०५८ सालसम्मको लम्साल आयोग सिफारिस गरेका प्रतिवेदन कार्यान्वयन गर्न चुनौति दिन्छु, सांसद केसीले भने ।

गृहमन्त्रीले भने जस्तै भ्रष्टाचार विरोधी काम गर्न चाहेको हो भने प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारलाई सिफारिस गर्न पनि उनको चुनौति थियो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने पनि दाबी गरे ।
सांसद केसीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए ।

२०८१ असार ४, मंगलवार १५:२४ गते 0 Minutes 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।