प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले राजिनामाको पत्र बोकेर हिडेको भन्ने कुरा नयाँ नभएको बताएका छन् ।
सोमबार भरतपुर पुगेका प्रधानमन्त्री प्रचण्डले राजिनामा पत्र बोकेर हिँडे पनि सरकारबाट नबाहिरिने बताएका हुन् । सञ्चारकर्मीले रास्वपा सरकारबाट बाहिरने कुरा के हो भनी सोधेको प्रश्नमा त्यसमा कुनै सत्यता नभएको उनको जवाफ थियो । बरु उल्टै राजिनामापत्र बोक्नु रास्वपाको परिचय भएको उनको भनाई थियो ।
उहाँहरुले पहिलेदेखि नै भन्दै आउनुभएको हो, राजिनामा पत्र बोक्नु उहाँहरुको पहिचान हो, प्रधानमन्त्रीको भनाई थियो ।
रविजीहरुले पहिलेदेखि नै राजिनामा पत्र बोकेर हिँडछौ भनेको सुन्दै आएको हो, आफ्नो पहिचानको लागि त्यसो भन्नु उहाँहरुको आवश्यकता हो, प्रधानमन्त्रीको भनाई थियो ।






