काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद विघटन गरेर चुनाव घोषणा गर्नु प्रतिगमन भयो भने अब कार्तिक र मंसिरमा हुने चुनावपनि तेस्रो प्रतिगमन हुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तोकिएकै समयमा निवचिन हुने पनि स्पष्ट पारे । उनले चुनाव हुँदैन ? भनेर कसले भनेको भन्दै जंगिए ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा चुनावमा नगएर के जंगलमा जानुहुन्छ त ? भन्ने प्रश्नपनि गरे । संविधानका धाराहरू सक्रिय भएको भन्दै कसैले पनि संसद विघटन नगरेको उनले सुनाए । केहि दिन अघि पनि बाँस्कोटाले राष्टियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादल पराजित भएकोमा आ’क्रोश पोखेका छन् । उनले बादललाई हटाउन आफ्नै पार्टीका नेताहरू लागेको भन्दै माधव नेपाल पक्षको नाम नलिईकन कडा आलोचना गरेका छन् ।
उनले बादललाई हटाउनेहरूलाई दुध खुवाएर पालेका साँपको पनि संज्ञा दिएका छन् । उनले सामिाजक सञ्जाल ट्विटरमा लेखेका छन्-“दुध ख्वाएर पालेका साँपले डसेका हुनाबिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।
यस्तै धमलाले बास्कोटालाई प्रश्न गर्दै खोप किन्न नसक्ने तर अबौं खर्च गरेर चुनाव गर्ने ? प्रश्न सोधेपछि बास्कोटाले उनको जवाफ फकाउँदै कोटोना लाग्नेले भात किन खाने त अबौं खर्च भाको छ त ? भनेर उल्टै प्रश्न तेस्याएका छन् । चीन, फ्रान्स, अमेरिका लगायतका देशमा पनि सबै नागरिकलाई भ्याक्सिन लागएका छन् र? छैन । उत्पादनको मात्रा र क्षमताको र पहुँचको सबै तिर समस्या छ। जुन पार्टिको सरकार बनेपनि समस्या त त्यही हो ।







