२०८३ असार ५ शुक्रबार ०२

नमोबुद्धमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

नमोबुद्ध ।

नमोबुद्ध नगरपालिकाको प्रयोजन तथा नगर स्तरीय बाल सञ्जालको आयोजनामा शुक्रबार नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

बालमैत्री विद्यालय र बालमैत्री समाज शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । नगर प्रमुख कुनसाङ लामाले औपचारिक कार्यक्रमको शुभारम्भ गरेका थिए भने राष्ट्रिय ललितकला संघ नेपालका अध्यक्ष श्री दिपेन्द्र मान श्रेष्ठ, रुबिन बादे, शिक्षा शाखा प्रमुख, विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता थियो ।

प्रतियोगितामा आठ विद्यालयका १६ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्ये श्री जनक मा.वि.की नमुना बल प्रथम, श्री दाप्चा मा.वि.की अनुजा पुरी द्वितिय, श्री बाल उज्ज्वल मा.वि.की लक्ष्मी लामा तृतीय र श्री राम मा.वि.की अनिता न्यासुर चतुर्थ भएका थिए । प्रतियोगितामा सहभागी सबैलाई प्रमाण पत्र दिइएको थियो भने प्रथम, द्वितिय, तृतीय र चतुर्थले क्रमसः रू.२,०००/-, रू.१५,००/-, रू १,०००/- र रू५००/- रूपैंया नगद पुरस्कार प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमको संयोजन तथा कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा समाज कल्याण उपशाखाका प्रमुख तारा सुनुवारले गरेकी थिइन् ।

२०८१ बैशाख २८, शुक्रबार १८:०३ गते 1 Minute 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।