२०८३ असार ५ शुक्रबार ००

अस्ताए भजन शिरोमणि भक्तराज आचार्य, नेपाली गीतसंगीत क्षेत्रमा अपूरणीय क्षति

काठमाडौँ ।

भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

भजन शिरोमणि समेत उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। उनको शवलाई काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखिएको थियो।

ख्याती प्राप्त गायक तथा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू प्रज्ञा प्रतिष्ठान पुगेका थिए। त्यस्तै गायक, संगीतकार, कलाकार र रंगकर्मीहरूले पनि प्रज्ञा प्रतिष्ठान पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ ।

२०८० फाल्गुन १५, मंगलवार १९:४२ गते 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।