२०८३ बैशाख १६ बुधबार १८

नमोबुद्धले शुरु गर्‍यो महिलाहरुका लागि क्षमता विकास कार्यक्रम

नमोबुद्ध । 

नमोबुद्ध नगरपालिकाले महिलाहरुको लागि वडा स्तरीय क्षमता विकास अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको छ । मिति २०८० फागुन ०८ गते देखि शुरुवात भएको यस कार्यक्रम ११ वटै वडामा सञ्चालन हुनेछ । आज वडा नं. २ र वडा नं. ४ मा कार्यक्रम सञ्चालन गरिएको थियो ।

महिलाहरुलाई समाजको एक बलियो खम्बाको रूपमा स्थापित गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको सहायक महिला विकास अधिकृत तारादेवी सुनुवारले बताईन् । यस कार्यक्रममा लैंगिक हिंसा, घरेलु हिंसा, बालविवाह, मानव वेचविखन जस्ता अपराधिक क्रियकलापहरु कसरी सिर्जना हुन्छन्? भन्ने विषयलाई प्राथमिकीकरण गरिएको छ । साथसाथै त्यसका कारणहरु, असरहरु, समाधान/न्युनीकरणका उपायहरु, महिलाका सवालहरु, बालमैत्री स्थानीय शासन आदी जस्ता विषयहरुलाई पनि समेटिएको छ ।

वर्तमान समयमा कस्ता प्रकृतीका अपराधिक क्रियाकलापहरु बढेका छन्?, घटनालाई कसरी तोडमोड गर्न खोजिन्छ? भन्ने जस्ता समकालिन घटनाका उदाहरण सहित कार्यक्रममा स्पष्ट पारेको छ ।  त्यस्ता घटनाहरुको न्यूनीकरण, रोकथामका उपायहरु, घटना घटेपछी र घटेको थाहा पाएपछि के गर्ने वा आफ्नो भूमीका के हुन्छ भन्ने विषयमा अन्तरक्रिया भएको छ । महिलामाथि घर परिपवार र वाहिरी समाजबाट हुने हिंसाहरुका विषयमा माैन रहँदा कस्ता खालका असरहरू देखा पर्दछ? र यस्ता विषयमा कहाँ, कहिले र कसरी आवाज उठाउन सकिन्छ? भन्ने विषयमा मानवअधिकारकर्मी एवं सञ्चारकर्मी भोजराज तिमल्सिनाले प्रशिक्षण गरेका छन् । यसका साथै मानव वेचविखन, सामाजिक अपराध, महिला हिंसा लगायत सम्बन्धित विषयमा अन्तर्क्रिया गरेका छन् ।

नेपालको कानुनले कुन उमेर सम्म बालबालिका मान्दछ, बालविवाह किन हुन्छ? भन्ने विषयमा केन्द्रित भएर सञ्चारकर्मी नगेन्द्र अधिकारीले प्रशिक्षण गरेका थिए । बालविवाह रोक्न महिलाहरुको भूमीका, बालविवाहको दीर्घकालिन असर, बाल मनोविज्ञान, बालमैत्री स्थानीय शासनको विषयमा सहभागीहरुसँग अन्तर्क्रिया गरी यसका समाधान तथा न्यूनीकरण उपायहरु बताएका थिए ।

नगरपालिका तथा वडा कार्यालयले यस क्षेत्रमा कसरी काम गर्छ?, नगरपालिकालाई महिलामैत्री, बालमैत्री र हिंसामुक्त बानाउन नगरपालिकाको र नागरिकको भूकिकाहरु के कस्ताे रहन्छ भन्ने विषयमा आधारित भएर नगरपालिकाको तर्फबाट स.म.वि.अ. तारादेवी सुनुवारले आफ्नो अभिव्यक्ति प्रस्तुत गरेकी थिइन् । महिलाका सवालहरु, बालबालिकाको सवालमा नगरपालिका सदैव सकारात्मक रहेकोले हरेक यस्ता अपाराधिक घटना तथा क्रियाकलाप विरूद्ध एकजुट भई लाग्न आह्वान गरिन् ।

२०८० फाल्गुन ८, मंगलवार २०:०० गते 0 Minutes 1126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार